लुम्बिनी प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा तथा सामाजिक विकास निर्देशनालय
सामाजिक विकास डिभिजन कार्यालय
भैरहवा, रुपन्देही
प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०७/१८ को निर्णयानुसार शिक्षा, श्रम तथा रोजगार, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि र सामाजिक विकास तर्फका जिल्ला तथा स्थानीय स्तरमा संचालन हुने कार्यक्रमहरुको सञ्चालन तथा कार्यान्वयनका लागि सामाजिक विकास मन्त्रालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत रहने यस डिभिजन कार्यालयको स्थापना गरिएको हो । यस सामाजिक विकास डिभिजन कार्यालयको विधिवत उद्घाटन मिति २०७६ साल मंसिर २४ गते माननीय सामाजिक विकास मन्त्री सुदर्शन बरालज्यूबाट भई शिक्षा तालिम केन्द्र, रुपन्देहीको एउटा भवनमा सञ्चालनमा रहेको छ । यस डिभिजन कार्यालयको कार्यक्षेत्र रुपन्देही र नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम) जिल्ला रहेको छ ।